कञ्चनमा वित्तिय ब्यबस्थापन तथा मनोपरामर्श कक्षा सञ्चालनको शुभारम्भ

by समतल अनलाइन

कञ्चन। रुपन्देहीको कञ्चन गाउपालिकामा वैदेशीक रोजगारीलाई सुरक्षित, उपलब्धीमुलक र भरपर्दो बनाउने उदेश्यले सञ्चालित वैदेशिक रोजगारका लागी सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत कञ्चन गाउपालिका वडा नं. २ को बसन्तफुलवारीमा वित्तिय ब्यबस्थापन तथा मनोपरामर्श कक्षा सञ्चालनको शुभारम्भ भएको छ।

बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, र मर्यादित बनाउने उद्धेश्यले नेपाल सरकार र स्वीस सरकार बीचको द्विपक्षिय सम्झौता बमोजिम सुरक्षित आप्रवासन कार्यक्रमको कार्यान्वयन सहजता र एकरूपता कायम गर्न रुपन्देहीको ४ स्थानीय तहरुमा सञ्चालित सामी कार्यक्रम अन्तर्गत कञ्चनको ५ वटै वडामा उक्त कक्षाको सञ्चालन हुने छ।

वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको शुभाम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले वैदेशिक रोजगारमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्न र गन्तब्य मलुकुमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना सीप परामर्श लगायतमा सहयोग गर्न सामी कार्यक्रमले सहयोग गर्ने बताउनु भयो।

अध्यक्ष ढकालले बिदेश जानु पुर्व गरिने कार्य, बिदेशमा पुगेपछि अपनाउनु पर्ने सावधानी र घर फिर्ता आएपछि कसरी आत्म निर्भर र स्वरोजगार कसरी हुने भन्नेबारे बिशेष कक्षा संचलन हुने भएकोले नियमित हुनुपर्नेमा जोड दिनु भयो। वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले सीपमुलक तालिम लिनुपर्ने स्वास्थ्य परीक्षण गराउँदा, करारनामामा हस्ताक्षर गर्दा र वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर कम्पनी) छनौट लागयतका बिषयमा बिशेष ध्यान दिनुपर्ने पर्ने कुरामा अध्यक्ष ढकालले जोड दिनु भयो।

यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले वैदेशिक रोजगारमा सम्बद्ध निकायहरुको बैदेशिक क्षमता अभिबृद्धि गरी बैदेशिक रोजगारलाई थप उपलब्धीमुलक बनाउन संचालन गरिएको वित्तिय साक्षरता कक्षाले वित्तिय ब्यबस्थापन र कुनै कारणले घरपरिवारमा हुने बिभिन्न समस्याहरुलाई कसरी समाधान गर्ने भन्नेबारे सहजिकरण गर्ने बताउनु भयो। सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने सम्बन्धि र स्वदेशमै रोजगार गरेर काम गर्ने बिषयमा यस कक्षामा सिक्न सकिने उपाध्यक्ष थापा मगरले बताउनु भयो।

यस्तै बैदेशिक रोजगार संयोजक ईश्वारी ज्ञवालीले बैदेशिक रोजगारमा रहेका कामदार र तिनका परिवार तथा सिमान्तकृत समुदायको बैदेशिक रोेजगारबाट प्राप्त हुने प्रतिफलमा बृद्धिगरी सामाजिक दुष्प्रभावलाई न्युनिकरण गर्न सामी कार्यक्रम अन्तरगतको वित्तिय साक्षरता कक्षाले सहयोग गर्ने बताउनु भयो। सामी कार्यक्रमले नेपाली महिला तथा पुरुष (विपन्न वर्ग सहितका) आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको वैदेशिक रोजगारबाट प्राप्त हुने प्रतिफल मासामाजिक, आर्थिक भार कम भइ लाभ र आम्दानी बृद्धि हुने र सामाजिक असर वा लागत न्यून हुने रोजगार संयोजक ज्ञवालीले बताउनु भयो।

स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर, सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल नाराका साथ सामीले सुरक्षित आप्रवासन, मनोपरामर्श जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
न्ययामा पहुँच, सुचनामा पहुँच, सिपमा पहुँच, वित्तिय साक्षरतामा पहुँच र मनोविज्ञानिक सहजकर्ता परामर्श संग सम्वन्धित कार्यक्रम हुने गरेको कञ्चन गाउँपालिकाका मनोसामाजिक परामर्शदाता भुमिका तरामुले जानकारी दिनु भयो ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरु माथि समाजबाट हुने विभिन्न किसिमका अपहेलना, भोग्नुपरेका लान्छना, खराब व्यवहार, नराम्रो नजर आदि जस्ता कुराहरुबाट कतिपय महिलाहरु प्रभावित भई डिप्रेसनमा जाने आत्महत्या जस्तो भयानक अवस्थाको सिकार समेत बन्न सक्ने हुनाले त्यस्ता बिषयमा सचेतना फैलाउने उद्देश्यले वित्तिय साक्षरतासंगै मनोसामाजिक परमर्श कक्षा समेत संचालन गरिएको परामर्शदाता तरामुले बताउनु भयो।

२४ हप्तासम्म संचालन हुने कक्षामा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्रले बिदेशमा समस्या परेका व्यक्ती र उनको परिवारको लागि आयमुलक तथा आत्मनिर्भरका विभिन्न कार्यक्रम संचालन गर्ने वित्तिय साक्षरताकर्ता सरस्वती शर्माले जानकारी दिनु हुने छ ।

गन्तव्य मुलुकमा बेपत्ता भएका वा जेलमा परेका नेपाली कामदारहरूको स्थिति पत्ता लगाउन र उद्धार गर्नका लागि सम्बन्धित निकायहरु, राजदूतावास तथा सम्बद्ध संघ संस्थामा पत्राचार र अनुरोध गर्ने, वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दाहरूको निःशूल्क कानुनी उपचारका लागि सम्बन्धित निकायमा पहुँच बढाउन सहयोग, मृत्यु भएका र अङ्गभङ्ग भएका कामदारको हकमा सम्बन्धित निकायवाट क्षतिपूर्ति उपलब्ध गराउन आवश्यकता अनुसार सहजिकरण गर्ने जस्ता काममा समेत सामीले गर्ने छ।

कार्यापालिका सदस्य रञ्जना थारुको अध्यक्षता तथा वित्तिय साक्षरताकर्ता सरस्वती शर्माको सञ्चालनमा कार्यक्रम शुरु भएको हो।

 
 
  
 

You may also like