मदिरा व्यवसायी संघ रूपन्देहीको पदस्थापन सम्पन्न: व्यवसायीक हकहितकाे लागी एकजुट हुन आग्रह

by समतल अनलाइन

बुटवल।मदिरा व्यबसायी संघ रूपन्देहीकाे नव निर्बाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

बुधवार एक कार्यक्रमकाे आयोजना गरी निर्वाचीत टीमलाइ प्रमूख निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ गराएका हुन् । गत हप्ता सम्पन्न आठौं अधिवेशनबाट हिमालय भुषालकाे नेतृत्वमा १७ सदस्यीय टोली निर्वाचीत भएकाे थियाे ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मदिरा ब्यबसायी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले व्यबसायीक हक हितको लागी सबै व्यवसायिहरू एकताबद्व भएर लाग्नु पर्नेमा जोड दिए । यसैगरी विशिष्ठ अतिथी मदिरा व्यवसायी संघ लुम्वीनी प्रदेश अध्यक्ष शम्भु भट्टर्राईले चरम आर्थिक मन्दिका बेला व्यवसायी पलायन भै रहेकाे अवस्थामा जिल्लाभरीका सबै मदिराब्यापारी एक भएर संस्थागत हितका लागी पनि लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा मदिरा ब्यबसायी संघ रुपन्देहीका पुर्ब महासचिव भीष्म अर्याल ,लुम्बिनी प्रदेशका निबर्तवान अध्यक्ष गिरिराज पौडेल
मदिरा ब्यबसायी संघ रुपन्देहीका पुर्ब अध्यक्ष तथा सल्लाहकार अशोक श्रेष्ठ ,मदिरा ब्यबसायी संघ रुपन्देहीका पुर्ब अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री , निबर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतले वोल्दै सरकारले मदिरा व्यवसायीलाइ हेर्ने नजर फरक रहेकाे र राजस्व बाट पनि दुःख दिने गरेकोमा गुनासो गरेका थिए ।

उनीहरूले वजारमा उधारोकाे व्यापक समस्या रहेको र घरेलू मदिरा नियन्त्रणकाे लागी सम्बन्धित निकाय पनि मौन रहेकोमा आपत्ती प्रकट गरेका थिए । यसैगरी नवनिर्वाचित समितीकाे पहिलाे बैठकले बिभिन्न सल्लाहाकार हरू चयन गरेको छ । बैठकले प्रेस सल्लाहाकारमा दीपक न्याैपाने, कानुनी सल्लाहाकारमा अर्जून कार्की,यसै गरी सल्लाहाकारमा खिम बहादुर खत्री, अशोक श्रेष्ठ, दिनेश श्रेष्ठ,मृगेन्द्र गोविन्द श्रेष्ठ, शम्भू भट्टराई लाइ मनोनित गरेकाे छ । यसै गरी अध्यक्ष सल्लाहाकारमा किशोर पन्थीलाइ चयन गरेको उपाध्यक्ष हीरा बहादुर केसी डाईमण्ड ले जानकारी दिए ।

अध्यक्ष हिमाल भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे संचालक सस्थाका महासचिव बाबुलाल खनालले गरेका थिए ।

 
 
  
 

You may also like