पिकनिक गएका दुई जना त्रिशूलीमा बेपत्ता

by समतल अनलाइन

काठमाडौं । पिकनिक गएका दुई जना त्रिशूली नदीमा बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षीयका प्रवीण श्रेष्ठ बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like