नेप्से परिसूचक दोहोरो अंकले घट्यो, एक अर्ब ४० करोडको कारोबार

by समतल अनलाइन

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ । कूल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर रु एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ मूल्यमा कारोबार भयो । यस्तै, आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ८३ लाख ७७ हजार दुई सय ८८, सोल्टी होटल रु पाँच करोड ७८ लाख ६१ हजार नौ सय ५०, घोराही सिमेन्ट रु पाँच करोड छ लाख १२ हजार चार सय ६१ र हिमालयन डिस्टिलरी रु चार करोड ४२ लाख ३५ हजार दुई सय तीन बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पा

 
 
  
 

You may also like