होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ कञ्चन ईकाई गठन

by समतल अनलाइन

कञ्चन।होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुको छाता संगठन होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ कञ्चन ईकाई गठन भएको छ। होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ रुपन्देहीको संयोजनमा कञ्चनमा रहेका होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुको भेलाले लुम्बिनी ग्रिन रिसोर्टका संचालक सन्तोष थापाको अध्यक्षतामा १३ सदस्यिय कञ्चन ईकाई गठन गरेको हो।

कञ्चन ईकाई समितिको उपाध्यक्षमा होम बहादुर त्रामु, सचिवमा रवि पौडेल, कोषाध्यक्षमा प्रकाश थापा, सह सचिवमा चन्द्रकान्त सुवेदी र सह कोषाध्यक्षमा धन बहादुर पुन ररहनु भएको छ। यसैगरी सदस्यहरुमा पुर्णकला थापा, सिता आचार्य, दुर्गा थापा,नारायण आचार्य, टिकाराम बि.क.,रोविन पुलामी र मन बहादुर थापा रहनु भएको सचिव रवि शर्माले जानकारी दिनु भएको छ।

नव गठित ईकाई समितिका पदाधिकारीहरुलाई शुभकामना दिदै वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले हरेक ब्यबसायीले सस्तो प्रतिस्पर्धालाई भन्दा गुणस्तरियातालाई ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष सापकोटाले ब्यबसायलाई निरन्तरता दिन सकिनेगरी ब्यबसाय संचालन गर्न सकेमात्र ब्यबसायी र रोजगारको सृजना गर्न सकिने बताउनु भयो।

यसैगरी वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले होटल तथा रेष्टुरेण्टलाई ब्यबस्थित रुपमा संचालन गर्न सके कञ्चनको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण इट्टा थप्ने बताउनु भयो। शान्त र सुरक्षको प्रत्याभुति गराउन सकेमात्र पनि लुम्बिनीको भ्रमण गर्न आएका पर्यटकहरुलाई कञ्चनमा आकर्षित गर्न सकिने भएकोले कञ्चनका हरेक होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुले स्वच्छ र गुणस्तरिय सेवा प्रदान गर्न आवस्यक रहेको समेत वडा अध्यरुक्ष खत्रीले बताउनु भयो। कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले कञ्चनका होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुले रोजगारको समेत श्रृजना गरेको बताउनु भयो।
होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता तथा थमन भण्डारीको संचालनमा सम्पन्न भेलाबाट केशर बहादुर खत्री, टीकाराम सापकोटा, किरण्ण के.सी., बिष्ण्णु सुवेदी र लालुराम पाण्डेलाई सल्लाहकारमा मनोनित गरेको सचिव रवि शर्माले जानकारी दिनु भएको छ।

 
 
  
 

You may also like