क्ञ्चन गाउँपालिकाको आ.व. २०७९/०८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

by समतल अनलाइन

जगी लाल थापा
कञ्चन।रुपन्देहीको कञ्ञ्च गाउापालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गरिएको छ। पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो।

क्ञ्चन गाउपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक प्रतिवेदनबारे आफ्नो धारणा राख्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले नतिजामुखी कार्यक्रमबाट मात्र जनताले बिकासको अनुभुति गर्ने उल्लेख गर्नु भयो। पालिकाको हरेक कार्यहरुलाई सेवामुखी र जनमैत्री बनाउन सकेमात्र कर्मचारी र जनप्रतिनीधिको कार्य प्रगती राम्रो देखिने उल्लेख गर्दै अध्यक्ष ढकालले पालिकाबाट हुने सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाएर लैजानु पर्नेमा जोड दिनु भयो। अध्यक्ष ढकालले जनप्रतिनीधि भनेको आवधिक मात्र हुने तर कर्मचारी भनेका सरकारको स्थायी प्रतीनिधी हुने भएकोले कञ्चन गाउपालिकामा रहेर काम गर्दा कञ्चनवासीको मनमुटुमा बस्नेगरी कार्य गर्नु पर्ने बताउदै कर्मचारी र जनप्रतिनीधि एक सिक्काका दुईपाटा भएको बताउनु भयो।
यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले जनप्रतिनीधि र कर्मचारी एकआपसमा सहकार्य र समन्वय गरेर कार्य गर्न सकेमात्र परिणाममुखी कार्यतर्फ अगाडी बढ्न सकिने बताउनु भयो। जनताको काम गर्दा जहाँ समस्या आउँछ त्यहाँ समस्याको पहिचान गरेर समाधानको उपाय खोज्यौ भने कुनै पनि जटिल भन्दा जटिल समस्याहरु प्नि सहजै समाधान गर्न सकिने उपाध्यक्ष थापा मगरले बताउनु भयो। सेवालाई प्रभावकारी र जनमैत्री बनाउन आवस्यक परे स्थानीय तहको कार्यक्षेत्रमा रहेर ऐन, कानुन र कार्यविधि बनाएर अगाडी बढ्न सकिने उपाध्यक्ष थापा मगरले बताउनु भयो।

कार्यक्रममा पुर्वाधार बिकास शाखा प्रमुख सुबोध ज्ञवाली, आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष गैरे, प्रशासन प्रमुख गिरीराज अर्याल, शिक्षा शाखा प्रमुख रमेश भुसाल, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, कृषि बिकास शाखा प्रमुख मगरेपाल गडरिया, पशुविकास शाखा प्रमुख ध्रुवराज ज्ञवाली, योजना तथा अनुगमन शाखाका चन्द्रमणी घिमिरे, महिला बालबालिका शाखा प्रमुख राधा भट्टराई, जिनसी ईकाई सेवाका श्यामप्रसाद भुसाल, प्रधानमन्त्री रोजगार संयोजक ईश्वरी ज्ञवाली, पञ्जिकरण ईका प्रमुख सुरेन्द्र पोख्रेल, लघुउद्यम बिकास प्रमुख कल्पना कार्की, सूचना प्रवधि शाखाका अनिल थापाले आ आफ्नो शाखाबाट गत आव. २०७९/०८० मा भएगरेका बिभिन्न कार्यहरुको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

यस्तै वडागत बार्षिक प्रगती प्रतिवेदन वडा सचिवहरु चक्रपाणी पौडेल, गंगा घिमिरे,लक्ष्मी शर्मा र बृष बहादुर पुलामीले प्रस्तुत गर्नु भएको कार्यक्रममा बिपिन भट्टराइृले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा जनप्रतिनीधि र बिभिन्न शाखागत कर्मचारीहरुके सहभागिता रहेको थियो।

 
 
  
 

You may also like