कञ्चन साथी सञ्जालद्वारा २ हजार बृक्षरोपण

by समतल अनलाइन

कञ्चन।बिश्व युवा दिवसको अवसरमा बिहिवार कञ्चन साथी सञ्जालद्वारा २ हजार बिभिन्न प्रजातीका बृक्षरोपण गरिएको छ। सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन गाउपालिका र स्ट्रोम फाउण्डेशनको सहयोग तथ कञ्चन सब डिभिजन बन कार्यालयको समन्वयमा सो बिरुवा रोपण गरिएको हो।

सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन रुपन्देहीले कञ्चन साथी सञ्जालको समन्वयमा बाल बगैचा, ग्रेजुएट समूह, सम्बाद केन्द्रमा आवद्ध बिधार्थी, किशोर किशोरीहरुले कञ्चनको वडा नं. १ देखि वडा नं. ५ का बिभिन्न् स्थानहरुमा बृक्षरोपण गरिएको कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले जानकारी दिनु भएको छ। कञ्चनलाई स्वच्छ र स्वस्थ अनि हरियाली बनाउने अभियान अन्तर्गत स्थानीयहरुको सहकार्यमा बृक्षरोपण गरिएको हो।

कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले शुभारम्भ गर्नु भएको बृक्षरोपण कार्यक्रममा कञ्चनका बिभिन्न बिद्यालयहरुका बिधार्थी, मनकामना आमा समूह, कञ्चन ४ अस्नैया, कालिका टोल बिकास संस्थाका प्रतिनीधिहरुले बृक्षरोपण गरेका थिए। बृक्षरोपण कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेल, गाउपालिकाका प्रवक्ता चित्र तुलचान, सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल के.सी. कञ्चन युनियन ब्वाइज क्लवका अध्यक्ष धनराज बि.क.मनकामना आमा समूहका अध्यक्ष रस्मी राना, टोल बिकास संस्थाका अध्यक्ष लोक बहादुर पुन लगायतले कञ्चन ४ को अस्नैयामा रहेको मन्दिर परिसरमा बृक्षरोपण गरेका थिए।
कञ्चन साथी साथी सञ्जालका अध्यक्ष टीका थापा मगरको अध्यक्षता, उपाध्यक्ष सुस्मिता नेपालीको संचालन तथा सचिव बिष्णु सुनारको स्वागतमा बृक्षरोपण गरिएको हो।

 
 
  
 

You may also like