काठमाडौं तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबु–छोरीको मृत्यु, आमा घाइते

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोले घर पुरिंदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गए राति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए । शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमुली ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

घटनामा तामाङकी पत्नी ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।

 
 
  
 

You may also like