रुपन्देही सैनामैनाका समुन्द्र भट्टराईले एनआरएनए माल्टाको सचिव पद दिए उम्मेदवारी

बुटवल । रुपन्देही सैनामैना निवासी समुन्द्र भट्टराईले एनआरएनए माल्टाको सचिव पदमा उम्मेदवारी दिएका छन ।

उनि ६ बर्ष पहिले वैदेशिक रोजगारीको लागि दुवई गएका थिए।

खाडी मुलुक दुवईबाट रोजगारी गर्दै विभिन्न संघ संस्थामा आवद्ध रहि सामाजिक काम गर्दै आइरहेका छन ।

उनी रोजगारको सिलसिलामा युरोपको माल्टामा पुगेको करिव बर्ष हुन लागेको छ।
त्यस अवधीमा श्रमजिवि नेपालीका समस्या नजिकैबाट नियालीरहेका उनले विभिन्न नेपालीका समस्यालाई समाधान गर्नको लागि नेतृत्वमा पुग्नुपर्ने भएकाले सचिव पदमा उम्मेदवारी दिएको बताए।

उनले भने न त माल्टामा गुनासा सुनाउने कुनै राजदुतावास छ , न त काउन्सुलर छ श्रम गर्न आउने नेपालीलाई नेतृत्वमा गएसी आफुले पहल गर्ने प्रतिपद्वता ब्यक्त गरे ।
गैर आवासिय नेपली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको चुनाव जुलाई ३० मा हुँदैछ।

सचिब पदका समुन्द भट्टाराईलाई किन भोट दिने ?
के छन् संकल्प ?

१.पद्धति र पारदर्शिता समाबेशी एनआरएनए बनाउने,
२.रोजगारीको शिलशिलामा माल्टामा रहदै गर्दा असामयिक निधन वा बिभिन्न किसिमका घटना,दुर्घटना भएमा संस्थागत रुपमा सबै किसिमको आर्थिक एंव भौतिक व्यवस्थापनमा सहयोग गर्नेे,
३.नेपालमा प्राकृतिक प्रकोपले पार्ने विभिन्न अफ्ट्याराहरु लाई मुल्यांकन गरी आवश्यक सहयोग र राहत कार्यमा समन्वय गर्दै सहयोग गरिने,
४.संस्थामा बिभिन्न उपसमिति निर्माण गरी आम माल्टाबासीहरुलाई संस्थाको समिपमा राख्न उचित पहल गरिने ।
५.दोस्रो पुस्ताको रुपमा हुर्किदै गरेका नेपाली समुदायको बाल बालिकाहरुलाई नेपालसंग जोडि राख्न उचित कार्यक्रमको ब्यबस्था गरिने।
६.संस्थाको छुट्टै लेखा समिति निर्माण गरि संस्थालाई बैधानिक तरिकाबाट पारदर्शि बनाईने ।
७.नेपालीहरुमा सहि सुचना नपाउने कारण पर्ने समस्याको मध्यनजर गरि सुचना केन्द्र स्थापना गरिने ।
८.माल्टामा भएका सम्पुर्ण नेपालीहरुले आफ्नोपन महसुस गर्ने गरि नेपाली चाडबाडहरुलाई बिभिन्न संघसस्थाको सहकार्यमा कार्यक्रमहरु आयोजना गरिने ।
९.पछिल्लो समय हाम्रो केहि नेपाली साथिहरु कुलतमा फसेको सुनिएकोले उनिहरुलाई कुलतबाट निस्किनका लागी सचेतना एंवम उचित परामर्श प्रदान गरिने।
१०.माल्टाको कानुनसंग नबाझिने गरि माल्टा एनसिसि संचालन गरिनेछ । २०२५ मा माल्टा एनसिसि संसारकै अबल एनसिसिको रुपमा स्थापित गर्न सबै नेपाली समुदायसंगको सहकार्यमा काम गर्ने ।

 
 
  
 

You may also like