महिला विश्वकप फुटबल : आज तीन खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज (बुधबार) पनि तीन वटा खेल हुँदैछन् । आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्डबीच खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह ‘सी’ का जापान र कोस्टारिका नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्दै छन् । त्यस्तै अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा एक बजे खेल हुनेछ । आज हुने अर्को खेलमा बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्ने छन् ।

हिजो भएको खेलमा कोलम्बिया र फिलिपिन्स विजयी भएका छन् । स्विट्जरल्यान्ड र नर्वेले भने गोलरहित बराबरी खेलेका छन् । महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्ने छ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

 
 
  
 

You may also like