बुटवल।बुटवलस्थित हाट बजारमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पसले मुख स्वास्थ जाँच तथा परामर्श शिविर सम्पन्न गरेको छ।
आधुनिक समाज डेन्टल केयर प्रा.ली बुटवलको प्राविधिक सहयोगमा शिविर भएको हो ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पसको हेल्थ डेस्क समितीद्वारा आयोजित कार्यक्रममा २ सय जनाले लाभ लिएका छन् । कार्यक्रममा डा काजोल श्रेष्ठ , डा मनिला गुरुङ लगायतको स्वास्थ्य टोलीले मुख स्वास्थ्य जाँच गर्नुभएको हो ।
क्याम्पसका हेल्थ डेस्क कोर्डिनेटर ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले समाज डेण्टलले पछिल्लो समय समाजमा स्वास्थ्य सम्बन्धि परामर्श र चेकजाँच गरेको प्रती खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसाल संयोजक माधव सापकोटा सहायक क्याम्पस प्रमुख रमेश प्रसाद पाण्डे , सहप्राचार्य कृष्ण प्रसाद खनाल , बिभागिय प्रमुख , प्राध्यापक, कर्मचारी एव विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख बिष्णु प्रसाद राना र आधुनिक समाज डेण्टलका अध्यक्ष अमृत भुसालबिच एमओयु भएको छ। डेण्टलका अध्यक्ष अमृत भुसालले सहकार्यका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका सभापति तारा प्रसाद ज्ञवालीले हेल्थ डेस्कले सबैलाइ निशुल्क सेवा लिन मदत पुगेको बताउनुभयो । कार्यक्रमको सञ्चालन प्राध्यापक तिर्थराज काफ्लेले गर्नुभएको थियो ।