सुन तस्करी प्रकरण : पक्राउ परेका ६ आरोपीको १० दिन म्याद थप

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ ।

पाटन उच्च अदालतले बिहीबार पहिलो पटकलाई १० दिनको समय दिएको हो । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले पक्राउ गरी राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

 
 
  
 

You may also like