तिलोत्तमा भित्रका होटल राती ११ बजे सम्म खुल्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका होटल तथा रेष्टुरेन्ट अब राती ११ बजे सम्म खुल्ने भएका छन् ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई शान्तीको प्रत्याभुति दिएकाले अब होटलहरु राती ११ बजे सञ्चालनमा आउने बताए ।

तिलोत्तमामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गर्दै होटलहरु ११ बजे सञ्चालन गर्न दिइएको र यसले तिलोत्तमा भित्रको आर्थिक गतिविधि अझै बढाउने उनले बताए ।

व्यवसायीहरुले पनि पटक पटक नगरपालिका संग रात्रिकालिन व्यवसाय गर्न पाउनुपर्ने बताउँदै आएका थिए ।

राती ११ बजे सम्म होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई सहजिकरणका लागि नगरपालिकाले अनुरोध गरेको थियो । उक्त अनुरोध जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालयलाई बोधार्थका रुपमा दिएको थियो ।

 
 
  
 

You may also like