काठमाडौं । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी प्रदेशका केही साथै कोशी, वागमती र कर्णाली प्रदेशका थोरैलगायत बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका एक–दुई, कोसी र वागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेका विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने विभागले जनाएको छ । भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।