नक्कली शरणार्थी प्रकरण : थप एक जना काठमाडौंबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौं मण्डिकाटारबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालका अनुसार उनी पैसा उठाउने कार्यमा संलग्न रहेको पाइएको छ । ‘पैसा उठाउने कार्यमा संलग्न रहेको पाइएको छ । उनको बैंक खाताबाट कारोबार भएको देखियो’, कार्कीले भने । काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका अनुसार बूढानीलकण्ठ नगरपालिका–१० का उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना जेल चलान भइसकेका छन् ।

१८ जनामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन काठमाडौं अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन् । नक्कली शरणार्थी प्रकरणमा अभियुक्त रहेकामध्ये अझै ११ जना फरार रहेका छन् । फरार सूचीमा प्रतीक थापादेखि निरज राईसम्म छन् ।

 
 
  
 

You may also like