गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मी।गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका वडा नम्बर-८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हाे ।

 
 
  
 

You may also like