बुटवलको मनकामना डेरीमा भेटिएका अखाद्य बस्तु नष्ट, पटकपटक कारवाहीमा परेपनि भएन सुधार

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ।
बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट ठ्ुलो परिणाममा अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो ।
बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल , डेरी व्यवयासी संघ, नगरप्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका बिभिन्न क्षेत्रमा खुल्ला रुपमा बिक्रि बितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरिहरुको अनुगमन गरेको थियो ।
सोही क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी समाग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिए ।
उनले ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी सरबरी मिठाई अखाद्य भएकोले फिनेल हालेर नष्ट गरिएको जानकारी दिए ।उनले थप कारवाहीको लागि उपमहानगर कार्यालय बोलाईएको बताए ।

‘यस अघि पनि पटक पटक अनुगमनमा कारवाही भोगिसक्नु भएको छ, यो पटक पनि उहाँकोमा अखाद्य बस्तु भेटिएकोले जफत गरि नष्ट गरेका छाँै ।’ – उनले भने, ‘ पटकट पटक समस्या दोहोरिएकोले उहाँलाई थप कारवाहीको लागि उपमहानगर बोलाएका छनौँ।’

यता उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले मनकामना डेरिको विषयमा पटक पटक जनगुनासो आउने गरेअनुरुप नै अनुगमन गर्दा अखाद्य बस्तु सधै फेला पर्ने गरेको बताए ।

उनले ४ पटक सम्म यहाँ सुधार गर्न आग्रह गर्दै सामान्य कारवाही भएपनि सुधारउन्मुख नहुनु दुखद भएको बताए ।
अस्वास्थ सामाग्रीहरु, ढुसी लागेका, गन्ध आएका कुराहरुको बेचबिखन नगर्न व्यवसायीलाई आग्रह गर्दै समयमा नै नसच्चिएमा कारवाहीको भागिदार रहन तयार हुन चेतावनी दिए । उनले उपभोक्ताको स्वास्थ्य संग कुनैपनि हालतमा खेल्न नपाईने उनको भनाई छ ।

यता सञ्चालक राधिका रिजालले भने अखाद्य भनिएका बस्तुहरु हिजो मात्रै बनाईएको भन्दै अनियमित बिद्युतका कारणले गन्ध आएको हुन सक्ने बताएकी छन् । उनले अघिल्लो पटकको अनुगमनपछि धेरै नै व्यवस्थीत गरेको बताईन् ।

अनुगमनका क्रममा कालिकाचोकमा खुल्ला रुपमा बिक्रि भईरहेको दुध, तथा बिभिन्न १० स्थानका दुध डेरी तथा बिक्रेता हरुसंगबाट दुधको नमुना लिएर खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाईएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख पोखरेलले बताएका छन् । उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले दिएको रिपोर्ट अनुसार आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

 
 
  
 

You may also like