स्वर्गद्वारी जीप दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु

प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । लु १ च ६३४५ नम्बरको जीपमा आठ जना सवार रहेको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना हुँदा त्यसमा सवार सबै आठ जनाको ज्यान गएको हो । दुर्घटनामा मृत्यु भएका जीप चालक दाङको लमही नगरपालिका–५ का तारा कुमाल बाहेक अरुको सनाखत हुन बाँकी रहेको प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका

४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो । जीप पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो । तर ती सबैलाई बचाउन नसकिएको हो ।

 
 
  
 

You may also like