सिपले आत्मनिर्भर मात्रै हैन, हिँसा हुनबाट पनि बचाउछ : नगर उपप्रमुख चौधरी

तिलोत्तमा। आफुमा सिप र स्वरोजगार भए घरमा अनि समाजमा मात्र हैन देशमै अपमानित हुन नपर्ने तिलोत्तमा नगरपालिकाकि उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभएको छ। तिलोत्तमाको एक सिपयुक्त फेशन डिजाइनर तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले नारीहरुको ससक्तिकरण र समाज बिकासको लागि आत्मनिर्भरतामा जोड दिनुपर्ने बताउनुभएको हो।

तिलोत्तमा नगरपालिकाको आयोजनामा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने ३९० घण्टा ९ ६५ कार्य दिन ० फेशन डिजाइनर तालिमको समापन भएको छ। आधार ट्रेनिङ्ग सेन्टर र ए फोर ट्रेनिङ्ग सेन्टरको व्यवस्थापनमा तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि सो फेशन डिजाइनर तालिम दिइएको थियो। सो कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तिलोत्तमा नगर कार्यपालिका सदस्य राधा शाहीले जीविकोपार्जन हुने गरि सिप सिकेर व्यवसाय शुरु गर्नुपर्ने बताउनुभयो। उहाँले सिप सिकेपछि सिपको उजागर गर्दै सहज जीवन बिताउन व्यवसायीकरण गरि आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो। त्यस्तै कार्यक्रमका अतिथि बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले महिलाहरुको हक अधिकार संगै सिप र रोजगारलाई समेत नगरपालिकाले स्थान दिइरहेकोले सीपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो। बिहानी र दिवा कक्षा गरि २ शिफ़्टमा संचालित तालिममा ६० जना किशोरी तथा महिलाको उपस्थिति रहेको थियो।

अध्यक्षता व्यवस्थापकिय संस्थाका कार्यबाहक संस्था प्रमुख अनिल केसीको अध्यक्षतामा सम्पन्न सो तालिमामा सहभागीहरुलाईसानो लेखानी समाजका बलबहादुर श्रीस, प्रशिक्षकहरु मिना थापा क्षेत्री, नर्मदा पचभैया , रिया शाह ठकुरी, आरती लिम्बुले उज्जवल भविष्यको कामना गरेका थिए। सहभागीहरुले आफैले बनाएका पहिरन र फेशनमा आएका कपडाका सिलाई सामग्री तथा प्रशिक्षणको क्रममा तयार पारेका उत्पादनहरुको प्रदर्शनी गरेका थिए। सो पहिरनका बारेमा नगरपालिकाकी उपप्रमुख चौधरीले समेत प्रशंशा गर्नुभएको थियो। सो तालिम समापन कार्यक्रमको संचालन सुनिता पाठकले गर्नुभएको थियो।

 
 
  
 

You may also like