एन प्याब्सन जिल्ला स्तरीय चित्रकलाको उपाधि सगरमाथा र नमुना एभरग्रीनलाई

बुटवल। रुपन्देहीका भएको अन्तरमावि जिल्लास्तरीय एन प्याब्सन चित्रकला प्रतियोगिताको उपाधि देवदहको सगरमाथा मावि र नमुना एभर ग्रिन इङलिस स्कुलले जितेका छन् ।

रुपन्देहीका २९ विद्यालयका ५८ प्रतिप्रर्धी विद्यार्थीलाईपछि पार्दै सिनियरतर्फ सगरमाथाका विद्यार्थी उदीप पाण्डे र जुनियरतर्फ नमुन एभरग्रीनका सुभास चाइले चित्रकलाको उपाधि जितेका हुन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीको आयोजनामा भएको छैठौं चित्रकला प्रातियोगितामा उपाधिसँगै उनीहरुले जनही ट्रफि, मेडल सहित नगद दुई हजार पाँचसय रुपैया प्राप्त गरे । यस्तै कक्षा ६ देखि १० सम्मको सिनियरतर्फ नमुना इङलिस मावि भलुहिका प्रमोद पुवर द्वितीय, बुटवल ग्लोरी स्कुलकी रितु वंशी तृतीय र सैनामैना मेमोरियल स्कुलकी सुनिता खनालले प्रोत्साहन पुरस्कार हात परिन् ।

यस्तै कक्षा १ देखि ५ सम्मको जुनियरतर्फ नमुना इङलिस स्कुल भलुहीकी रोजिना बराल द्वितीय, सिद्धार्थ ल्यालेक्सीका अनोक विक तृतीय र देवदह बोर्डिङ्गका विनिशा पुनले प्रोत्सान पुरस्कार हात पारेको एन प्याब्सनका सह–सचिव विनोद थापाले जानकारी दिनुभयो । उनीहरुले जनही ट्रफि मेडल सहित क्रमश दुई हजार, एक हजार पाँचसय र एकहजार पुरस्कार प्राप्त गरेको थापाले बताउनुभयो । एन प्याब्सनका अध्यक्ष पुरुषोत्तमा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यार्थीको शैक्षिक, मनोबैज्ञानीक र सामाजिक विकासमा चित्रकलाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले चित्रकला लगायतका प्रतियोगिताले विद्यार्थीमा सृजनात्मक विकास गराउने समेत बताउनुभयो ।

एन प्याब्सनका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य बिष्णुप्रसाद पौडेल, सल्लाहकार देउप्रकास राई, राजु गुरुङ्ग, उपाध्यक्ष विलप्रसाद गुरुङ, प्रकाश भट्टराई लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । जुनियर र सिनियरका विद्यार्थीका लागि बुटवलको मुनाल बोर्डिङ र एचिभर्स माविमा भएको दुई छुट्टाछुट्टै प्रतियोगितामा उज्वल कुमार दे कायस्थ र गणेश घिमिरेले निर्णायकको भुमिका निभाउनु भएको थियो ।

 
 
  
 

You may also like