135
भैरहवा।रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो ।
नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।