पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) पनि देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

 
 
  
 

You may also like