140
काठमाडौँ । सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार २०० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो।
यससँगै छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।