मणि उजेशको चार्टड प्रिजेन्टेशन तथा फेलोसीप कार्यक्रम

बुटवल।लायन्स क्लव अफ बुटवल मणि उजेशले चार्टड प्रिजेन्टेशन सेरेमोनी तथा फेलोसीप कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व तथा सेवाभावका कार्यक्रमहरुसँगै रुपन्देहीका विभिन्न स्थानमा क्लव स्पोन्सर गर्दै आएको मणि उजेशले बुटवलमा एक कार्यक्रम गरेर तीन क्लवको चार्टड प्रिजेन्टेशन तथा फेलोसीप कार्यक्रम गरेको हो ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल शुभारम्भ, लायन्स क्लव अफ बुटवल समर्पण र लियो क्लव अफ बुटवल मनि उजेशका पदाधिकारी तथा सदस्यको स्वागतसँगै फेलोसीप कार्यक्रम गरिएको मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, पिडीजी अरुणप्रताप राना, महेन्द्र नारायण श्रेष्ठ, भिडीजी अर्जुनमान शैजु, पुरुषोत्तम प्रधानांग, डिष्ट्रिक सेक्रेटरी सन्दीप कसौधन, लियो डिपी एम डि न्यौपाने लगायतले शुभारम्भका चार्टड प्रेसिटेन्ट स्वस्तीक घिमिरे, समर्पणका चार्टड प्रेसिटेन्ट सरस्वती ढुंगाना र लियो मणि उजेशका चार्टड प्रेसिटेन्ट दर्पण घिमिरेसँगै क्लवका ६० जना सदस्यलाई क्लवको जिम्मेवारी तथा पदिय दायित्व प्रदान गर्नु भएको मणि उजेशका अध्यक्ष डाक्टर शर्माले जानकारी दिनुभयो ।

मणि उजेका प्रिया कसौधनको संयोजन तथा मनुजा देवकोटाको संचालनमा भएको कार्यक्रममा मणि उजेशका संस्थापक अध्यक्ष ईन्जिनियर सृष्टि गुरुङ्ग, पुर्व अध्यक्ष सोनानी गुरुङ्ग, नेहा अग्रवाल, इन्जिनियर प्रविना घिमिरे, रिजनल चियरप्रशन कल्पना सिवाकोटी, डिष्ट्रिक मेम्वर सुमित्रा आचार्य लगायतले लायन्सका नया पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

 
 
  
 

You may also like