विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like