कञ्चनमा स्वास्थ्य सेवा योजना तर्जुमा सचेतीकरण कार्यक्रम

कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिकामा स्थानीय तहमा स्वास्थ्य सेवा तर्जुमा ९जेसी० सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ। इन्द्रेणी ग्रामिण बिकास केन्द्र तथा फेयर मेड फाउण्डेशन नेपालको साझेदारी कार्यक्रम आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाको हरेक योजनाहरुको प्रभावकारी कार्यान्वय र सेवाग्राही सम्म हरेक सेवाहरुको सहज पहुँच पुर्याउन बिषयगत शाखा प्रमुखहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो। आगामी बर्षको योजना तर्जुमा गर्दा कार्यान्वयन गर्न सकिने र कार्यान्वयन पश्चात त्यसको उपलब्धी के कसरी गर्न सकिन्छ भन्नेबारे बिषयगत गहन अध्ययन र छलफल गर्न आवस्यक रहेको बताउदै अध्यक्ष ढकालले कुनै पनि भौतिक बिकासको दिगोपन मानविय बिकाससंग जोडिने भएकोले मानविय बिकास सम्बन्धी योजनाहरुलाई समेत प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भयो।

कञ्चन गाउपालिकासंगको सहकार्यमा सञ्चालित कार्यक्रममा गाउपालिकाको स्वास्थ्य सेवा अन्तर्गत आर्थिक बर्ष २०७९र८० को बार्षिक कार्यक्रमको कार्यान्वयन तथा उपलब्धीबारे कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी दिनु भएको थियो। स्वास्थ्य सेवा प्रवाहका १५ बुँदे कार्ययोजनाको प्रभावकारीता र सेवाग्राहीसम्म त्यसको पहुँचबारे जानकारी गराउदै स्वास्थ्य शाखा प्रमुख गौतमले आगामी आर्थिक बर्षमा सञ्चालन गर्न सकिने योजनाहरुबारे समेत छलफलमा प्रस्तुत गर्नु भएको थियो।

गाउपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख रराम प्रसाद गौतमको सञ्चाललन तथा सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा फेयर मेडका तुल्सिीराम खनाल, शिक्षा, कृषि, पशुसेवा, आयुर्वेद शाखाका प्रमुख, प्राविधिक, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, प्रवक्ता चित्र तुलाचन, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनमुखी बनाउन आवस्यक रहेको उल्लेख गर्नु भएको थियो।

 
 
  
 

You may also like