63
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणी मरासिनी घुस रकमसहित पक्राउ परेका छन् ।
५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा प्रमुख प्रशासकिय अधिकृत मरासिनीसहित शुद्धोधन ७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो ।