117
बुटवल।नेपाल पत्रकार महासंघले रुपन्देहीले मँगलबार एक कार्यक्रमकाबीच होली पर्व मनाएको छ । बुटवल स्थित महासंघको कार्यलय परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा एक आपसमा रङ लगाएर पर्व मनाइएको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको सभापतित्व र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,पत्रकार महासंघ रुपन्देहीका सचिब बिनोद परीयार लगायतले शुभकामना व्यक्त गर्दै होलीलाई मर्यादित र आपसमा मित्रता काएम गरेर मनाउन आग्रह गरेका थिए ।
previous post