ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, दुई जना घाइते

by समतल अनलाइन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नंको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए ।

 
 
  
 

You may also like