‘कृषिमा जनसहभागिता अनुसारको उत्पादन भएन’

by समतल अनलाइन

नेपालमा कृषिको सम्भावना भए पनि जनसहभागिता अनुसारको उत्पादन हुन सकेको छैन । नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत कृषिमा संलग्न भए पनि कृषि उत्पादन भने सन्तोषजनक छैन । त्यस्तै आयातनिर्यातको सन्तुलन पनि नराम्रोसंग विग्रिएको छ । पछिल्लो तथ्यांकअनुसार निर्यातको १० गुणा बढी आयात भएको छ । सन् २०२१÷०२२ मामात्रै ३ खर्व ७८ अर्ब कृषि उत्पादन आयात गरेको छ । नेपालले ८ अर्बको मात्रै निर्यात गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना सञ्चालित कृषि मेला–२०७९ को अन्दर्भमा कृषि तथा भूमिव्यवस्था मन्त्रालय समेतको आयोजनामा भएको कृषि बस्तुको आयातनिर्यात तथा वजारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सन्देश भण्डारीले नेपालले थुप्रै बस्तु आयात गरेको छ भने सिमित बस्तु मात्रै निर्यात गरेको बताउनु भयो ।

उत्पादित कृषि बस्तुको ढुवानीमा समस्या, प्रविधिको न्यून प्रयोग, बजार मुल्यमा उतारचढाव, जमिन खण्डिकरण, चर्को व्याजदर तथा वित्तिय संस्थाद्वारा कृषि ऋण लगानीमा आनाकानी, बजार पूर्वाधार अभाव, भण्डारको समस्या लगायतका कारणले नेपालमा कृषिले सोचेजस्तो गतिलिन नसकेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले देशको आर्थिक विकासको लागि कृषि क्रान्ति आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसको लागि स्थानीय तह मात्रै नभएर प्रदेश र संघीय सरकार पनिलाग्नु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिको व्यवसायिक विकास अपरिहार्य रहेपनि त्यसतर्फ ध्यान पु¥याउन नसक्दा आयात चुलिएको र व्यापार सन्तुल नविग्रिदै गएको बताउनु भयो ।
उहाँले कृषिको व्यवसायिक विकास तथा प्रविधिको प्रयोगको प्रवद्र्धनको लागि कृषि मेल आयोजना गरिएको बताउनु भयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेश कृषिविकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासका लागि सरकारी तहबाट भएका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसादश्रेष्ठको धन्यवाद तथ ामहासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like