भलाई कोषको अध्यक्षमा पुन: फुल्लेल निर्वाचित

by समतल अनलाइन

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेख पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कोषको शुक्रबार सम्पन्न निर्वाचनमा अर्को उम्मेदवार डिलबहादुर थापालाई पराजित गर्दै उनी विजयी हुन सफल भएका हुन् ।

फुल्लेलले अध्यक्ष पदका लागि ३०९ मत प्राप्त गर्दा थापाले ८९ मत प्राप्त गरेका थिए । यसैगरी महासचिव पदमा भएको निर्वाचनमा योगबहादुर गुरुङ निर्वाचित भएका छन् उनले अर्को उम्मेदवार मुक्तिराम खरेललाई पराजित गर्न सफल भएका हुन् । गुरुङले ३२८ मत पाउँदा खरेलले ७१ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा प्रकाशकुमार नेपाल विजयी भएका छन् । उनले ३२७ मत प्राप्त गर्दा उनीसँग प्रतिस्पर्धा गरेका चिरञ्जिवी पाण्डेले ७१ मत प्राप्त गरेका थिए ।

कोषको अन्य पदाधिकारीहरुमा भने यसअघि नै निर्विरोधनिर्वाचित भएको निर्वाचन समितिका संयोजक रामराज पोखरेलले जानकारी दिए । उपाध्यक्ष्मा छविलाल थापा र सचिवमा विजेश न्यौपाने निर्विरोध भएका छन् । यन्य १२ जना कार्यसमिति सदस्यहरु पनि निर्विरोध भएका छन् । सदस्यहरुमा किशोर क्षेत्री, भक्तिराम शर्मा, अमित अधिकारी, लालकाजी गुरुङ, दिलीप कार्की, श्याम गैरे, अर्जुनकुमार बन्जाडे, सुदर्शन धिताल, चेतबहादुर गुरुङ, लक्ष्मीप्रसाद पाण्डे, नरबहादुर रजाली र प्रकाश गैरे रहेका छन् ।

 
 
  
 

You may also like