टर्की–सिरिया भूकम्प : मृत्तक ४२ हजार नाघे, एक अर्ब डलर जुटाउन राष्ट्र संघको अपील

by समतल अनलाइन

काठमाडौं । संयुक्त राष्ट्रसंघले भूकम्पग्रस्त टर्कीका लागि एक अर्ब डलर जुटाउन विश्व समुदायलाई अपील गरेको छ । भूकम्पग्रस्त टर्कीको भ्रमण गरेका राष्ट्र संघीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले टर्कीको अवस्था मुटु छियाछिया पार्ने खालको भएको बताएका छन् ।

त्यसकारण भूकम्पग्रस्त टर्कीलाई करिब एक अर्ब डलरको सहयोग तत्काल जुटाउनु पर्ने उनको भनाइ थियो । भूकम्पबाट टर्कीमा मात्रै मृत्यु हुनेको संख्या अहिलेसम्म ३६ हजार १८७ पुगेको छ । सिरियामा ५ हजार ८ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । राष्ट्रसंघले दुई दिन अघि सिरियाका लागि ४० करोड डलरको सहयोग आवश्यक पर्ने जनाइएको थियो ।

उद्धार कार्य अहिले पनि जारी रहेकाले उद्धार गरिएका मानिसहरुको स्वास्थ्य उपचार, बसोबास र राहतका लागि ठूलो रकम आवश्यक पर्ने राष्ट्र संघकले जनाएको छ । उद्धारकर्मीहरुले भूकम्प गएको १० दिनपछि बिहीबार पनि एक जना १७ वर्षीय किशोरीलाई जीवित्तै उद्धार गरेका थिए । तर अब यस्तो चमत्कारिक सम्भावना कम हुँदै गएको उद्धारकर्मीहरुले बताएका छन् ।

 
 
  
 

You may also like