सांसद भण्डारीको मुम्बईमा उपचार हुँदै, आजै दुई पटक शल्यक्रिया गरिँदै

by समतल अनलाइन

काठमाडौँ । खाना पकाउने ग्यास पड्केर आगलागी हुँदा गम्भिर घाइते भएका नेपालीका कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको अस्पतालका डा. सुनिल केस्वानीले जानकारी दएका छन् । उनका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।

भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । भण्डारीको साथमा नेपालबाट गएका सात जना चिकित्सकको टोलीसहित ११ जना छन् । हिजो श्री एअरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टिलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो ।

कीर्तिपुर अस्पतालले भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको जनाएको छ । ग्यास लिक भएपछिको आगलागीमा घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा हिजो निधन भएको थियो ।

 
 
  
 

You may also like