प्रदेश–१ मा हिमपात, कस्तो रहला अन्यत्रको मौसम ?

by समतल अनलाइन

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (शुक्रबार) दिउँसो प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like