पूर्व प्रधानमन्त्री खनाल आज भारत जाँदै

by समतल अनलाइन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज (बिहीबार) भारत जाँदैछन् ।

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै पटना, भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेका हुन् । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like