देशभर छैन बर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले जनाएका छनन् । प्रदेश–१ लगायत वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज (बिहीबार) बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।

 
 
  
 

You may also like