बुटवल । तिनाउ खेल महोत्सव २०७९ अन्तर्गत आज बुधबार सिनियर तथा जुनियर लेभलका खेलहरु सम्पन्न भएका छन् । सिनियर तर्फ ) कक्षा ८,९,१०) को छात्र १०० मिटर दौडमा कक्षा १० होपका समिर बम्रेल प्रथम, कक्षा ८ होपका सजिज बुढाथोकी द्वितीय र कक्षा ९ फेथका सुजन राना तृतीय भएका छन् ।
छात्र २०० मिटर दौडमा कक्षा ९ होपका बिकास गहतराज प्रथम, कक्षा ८ होपका सजिज बुढाथोकी द्वितीय र कक्षा १० फेथका पवन थापा तृतीय भएका छ्न्। छात्रा १०० मिटर दौडमा कक्षा ९ फेथकी सिम्रन श्रेष्ठ प्रथम,कक्षा ९ फेथकी रन्जना गाहा द्वितीय र कक्षा १० फेथकि सायेना रम्तेल तृतीय भईन्।
सोही समूह तर्फ भएको छात्रा २०० मिटर दौडमा कक्षा ९ फेथकी अस्मिना भण्डारी प्रथम, कक्षा ९ फेथकि सृजना बुढाथोकी द्वितीय र कक्षा ९ फेथकी रन्जना गाहा तृतीय भईन् ।
छात्र तर्फको हाईजम्प खेलमा कक्षा १० होपका समीर बम्रेल प्रथम , कक्षा ९ होपका सुगम बिक द्वितीय र कक्षा ९ फेथका ऋषि बिक तृतीय भए ।
छात्रा हाई जम्पमा कक्षा ९ फेथकी प्रज्ञा कठायत प्रथम , कक्षा १० फेथकि पुर्णिमा गुरुङ द्वितीय र कक्षा ९ होपकी सुपृया पुन तृतीय भइन् ।
छात्रा तर्फबाट भएको लङजम्पमा कक्षा ९ फेथ कि प्रज्ञा कठायत प्रथम, कक्षा ८ होपकी भुमिका सारु द्वितीय र कक्षा १० फेथकी सायना रम्तेल तृतीय भएकी छिन। छात्रतर्फको लङजम्पमा कक्षा १० होपका समीर बम्रेल प्रथम , कक्षा ९ फेथका सुजन राना द्वितीय कक्षा ८ होपका सजिज बुढाथोकी तृतीय भए ।
छात्रा तर्फको ४०० मिटर रिले दौडमा कक्षा ९ फेथको रन्जना गाहा , किर्मिका सुनार प्रज्ञा कठायत र सृजना बुढाथोकीको समूह प्रथम , कक्षा ८ होपका मोलिका थापा, आयुसमा बराल , भुमिका सारु र इशा झेडीको समूह द्वितीय भयो भने कक्षा ९ फेथ का अस्मिना भण्डारी, युरि पुन प्रकृति कार्की र सिम्रन श्रेष्ठको समूह तृतीय भएको छ ।
सिनियर तर्फकै छात्र ज्याभलिन थ्रो खेलमा कक्षा ९ का सफल परियार प्रथम कक्षा १० का सन्दिप बम्रेल द्वितीय र कक्षा ८ का सजिज बुढाथोकी तृतीय भए । जुनियर (कक्षा ५,६,७) तर्फको गणितीय दौडमा छात्र तर्फबाट कक्षा ७ अभिनभ ज्ञवाली प्रथम , कक्षा ७ का निर्देश महत द्वितीय र कक्षा ६ का इशान भट्टराई तृतीय भए। त्यस्तै छात्रा तर्फको कक्षा ६ की खुसी निशा बानु प्रथम, कक्षा ६ कि बिनु खाती द्वितीय र सर्बानी गुरुङ तृतीय भए।
छात्रा तर्फको १०० मिटर दौडमा कक्षा ५ कि आरभी पौडेल प्रथम कक्षा ६ कि ऐस्वर्या कार्की द्वितीय र कक्षा ६ कै खुसी निशा बानु तृतीय भइन सोही खेलमा छात्र तर्फको खेलमा कक्षा ७ का सरद खत्री प्रथम कक्षा ७कै सचिन थापा द्वितीय र अभिनभ ज्ञवाली कक्षा ७ कै तृतीय भए ।
जुनियर (कक्षा २,३,४) तर्फको तातो आलु खेलमा कक्षा ४ का अन्कुश रेग्मी प्रथम , कक्षा ३ का सेलिना बस्नेत द्वितीय र कक्षा २ का यलेकस पटेल तृतीय तथा म्युजिकल कुर्सी दौडमा कक्षा ३ कि एन्जल नेपाल प्रथम , सायस राना द्वितीय र आयुस खत्री कक्षा २ का तृतीय भए । तिनाउ खेल महोत्सव २०७९ सिनियरका आजका खेल लुम्बिनी बाणिज्यको खेलमैदानमा भएका छन भने अन्य खेल स्कुलकै खेलमैदानमा सम्पन्न भएका हुन् प्राचार्य सिता पाण्डेले बताउनुभयो ।
खेल सकिएपछि ५ गते पुरस्कार बितरण समारोह हुने अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिनुभयो । खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि छन् ।