रवि लामिछाने चितवन–२ मा उपनिर्वाचन लड्ने

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचन लड्ने भएका छन् । रास्वपाले लामिछानेलाई उपनिर्वाचन लडाउने तयारी गरेको छ ।

चितवन क्षेत्र नम्बर–२ बाट उनी यसअघि प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद गुमेको थियो ।

केही दिनअघि चितवनमा एक धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले आफू पुन उपनिर्वाचनका लागि उम्मेदवार बनेर आउने बताएका हुन् ।

 
 
  
 

You may also like