भूकम्प प्रभावित सिरियामा अमेरिकी प्रतिबन्ध, हटाउन चौतफी दवाव

by समतल अनलाइन

तेहरान । इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पुर्‍याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् ।

प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँगको एक विशेष अन्तरवार्तामा टिप्पणी सो बारे गरेका छन् । टर्की र सिरियाली सरकार र जनताप्रति सहानुभूति व्यक्त गर्दै कनानीले आफ्नो देश प्रभावित दुई देशहरूमा उद्धार र चिकित्सा सहायता पठाउन तत्पर रहेको बताएका छन् ।

विगत नौ वर्षभन्दा बढी समयदेखि सिरियाले द्वन्द्वको सामना गरिरहेको छ । यसैबीच प्रवक्ताले अन्य देशहरूलाई अरब राज्यको घेराबन्दी हटाउन संयुक्त राज्य अमेरिकालाई दबाब दिन र अन्तरराष्ट्रिय मानवीय सहायता पु¥याउन आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ जसका कारण त्यहाँ आवश्यक सामान र अन्तरराष्ट्रिय मानवीय सहायता पठाउन कठिन भएको बताएका छन् । टर्किए र छिमेकी सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मङ्गलबार दिउँसोसम्म करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

 
 
  
 

You may also like