इयूका आयुक्त जुट्टा आज नेपाल आउँदै

by समतल अनलाइन

काठमाडौं । यूरोपेली युनियन (इयू) का आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि आज (बुधबार) नेपाल आउँदै छिन् ।
यूरोपेली युनियनको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउन लागेकी हुन् ।

इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

 
 
  
 

You may also like