चार सचिवको सरुवा, को कहाँ पुगे ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल सरकारका चार जना सचिवको सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयमा पुर्‍याइएको छ । यस्तै, प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवाली कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका छन् भने उक्त मन्त्रालयका कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

 
 
  
 

You may also like