सरकार छाड्दै मिडियामाथि खनिए रवि लामिछाने

by समतल अनलाइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई यो देशका दुश्मन भन्दै टिप्पणी गरेका छन् ।
उनले आज (आइतबार) विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘यहाँ सिण्डिकेट स्थापित गर्ने यहाँका मिडियाहरु हुन् ।’ उनले अधिकांश समय प्रकाशक र सम्पादकहरुमाथि खनिएका थिए ।

सभापति लामिछानेले पत्रपत्रिकाहरुले आफूलाई चारैतिरबाट प्रहार गरेको गुनासो गरेका छन् । उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै नेपाली मिडियाले आफूले निरन्तर प्रहार गरेको आरोप लगाएका हुन् ।

‘मैले चार वर्षअघि सार्वजनिक रुपमा भनेको कुरालाई पत्र पत्रिकाले टाउको बनाएर छापिने’, सभापति लामिछानेले भने, ‘चार वर्ष पहिलेको कुरालाई निरन्तर हेडलाइन जुन पत्रपत्रिकाले नियमित ढंगले मलाई प्रहार गरे जुन ढंगले निरन्तर चलिरह्यो । मिडिया छ भन्दैमा एउटा मान्छेलाई अननेसेसरी पेल्ने होइन ।’ मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरेका छन् । विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो थियो ।

लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुूाई सुरक्षा खतरा बढ्ने भए पनि आफु नडराउने बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै आफूले प्रक्रियागत त्रुटी स्वीकार गरे पनि आफूले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफूलाई सुरक्षा थ्रेट बढ्नेमा आफू त्यसमा जानकार रहेको बताएका छन् । ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’, लामिछानेको भनाइ छ ।

 
 
  
 

You may also like