माओवादी स्थायी कमिटी वैठक आज पनि बस्दै

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।

यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए । बिहान ११ का लागि बोलाइएको बैठक अपराह्न ४ बजे बसेको थियो ।

उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो । उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नु पर्ने भएकाले आफूलाई समय चाहिएको बताएका दिए । उनले बैठकमा रास्वपाको मात्रै नभएर गठबन्धनमा नै समस्या आएको बताएका थिए ।

 
 
  
 

You may also like