इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह शुरू

by समतल अनलाइन

बुटवल । बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा मङ्गलबार देखि खेलकुद सप्ताह शुरू भएको छ ।
खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईने छ ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लगायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ । खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

अतिरिक्त क्रियाकलाप संयोजक मनोज क्षेत्रीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको स्वागत कोर्डिनेटर माया पौडेल र सन्चालन शिक्षक सुरज विकले गरेका थिए । खेलकुद सप्ताह शुक्रवारसम्म चल्ने छ ।

 
 
  
 

You may also like