विष्फोटक पद्धार्थ सहित २ जना बुटवलमा पक्राउ

by समतल अनलाइन

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा नविनचन्द्र रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।

उनीहरुसँगबाट प्रहरीले रिभल्वर थान १, मोवाईल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादु थापाले बुटवल–११ द्येवीनगरबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । खोजतलासकै क्रममा अभियुक्तहरु ब्ुटवल देवीनगरबाट पक्राउ परेको डीएसपी थापाले जानकारी दिए ।

उनीहरुलाई हातहतियार तथा विष्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like