चार प्रदेशका उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

by समतल अनलाइन
Shares

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भुभागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराईका भू–भागका केही स्थानमा हुस्सु लागेको छ ।

आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात तथा तराईका भू–भागहरूमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

You may also like

This will close in 0 seconds