कपिलवस्तुको माघी मेलामा बेलुन फुलाउने सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ कपिलधाममा आयोजित थारु समुदायको मेलामा बेलुन फुलाउने सिलिण्डर विष्फोट हुँदा एक जनाको ज्यान गएको छ ।

सिलिण्डर विष्फोट हुँदा बेलुन बिक्रेता वाणगंगा–८ का ६५ वर्षीय नासिर मोहम्मदको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । मेला स्थानीय थारु कल्याणकारी सभाले आयोजना गरेको थियो ।

 
 
  
 

You may also like