तामाङ समुदायले सोनाम ल्होछार मनाउने

by समतल अनलाइन

बुटवल ।रुपन्देहीका तामाङहरुले २८५९ औँ सोनाम ल्होछार मनाउने भएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको हो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रम अन्तरगत माघ ४ गते रक्तदान, माघ ६ पुष्पलाल पार्कमा दिप प्रज्वलन, ८ गते पुष्पलाल पार्कदेखि शान्तिपद यात्रा, तामाङ पुजासंगै शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताउनुभयो ।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातीको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातीमा पर्ने दाबी गर्नुभयो ।

नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष वीरमान लामाले तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको जानकारी दिनुभयो ।लामोसमयको अन्तरालमा तामाङ जातिहरु आफनो मुल धर्म बुद्ध धर्म छोडेर बोन धर्मतर्फ आकर्षित हुदा केही समस्या उत्पन्न भएको उहाको भनाइ छ ।

कार्यक्रममा पुर्वअध्यक्ष कृष्ण बहादुर मोक्तानले दुई वर्ष कोभिड १९ संक्रमणकै कारण रोकिएको बताउनुभयो । नेपालमा आफ्नै संस्कार, संस्कृति र पहिचान भएको तामाङहरु जातिगत एकता नभई संस्कार संस्कृति अपनाउन कठिन भएको बेला स्थापना भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सचिव सम्भु मोक्तान, युवा अध्यक्ष हसन्त लामा, संयोजक दिल बहादुर घिसिङले नया पुस्तामा तामाङ जातिको पहिचान र संस्कृति चिनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन् । रुपन्देहीमा भने करिब २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिएको छ ।

 
 
  
 

You may also like