122
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए ।
यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
previous post