चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत फेला

by समतल अनलाइन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत फेला परेको छ । निकुञ्जको अमलटारी क्षेत्रको कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्दाजी १८ वर्षको गैंडा मृतावस्थामा भेटिएको हो । गैडा प्राकृतिक कारणले नै मृत्यु भएको अनुमान गरिएको उनले बताए । चालु आर्थिक वर्षमा ७ वटा गैडा मृत भेटिएको निकुञ्जले जनाएको छ ।

 
 
  
 

You may also like